मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलमा सधै जित्नु पर्छ भन्ने छैन – योहान कालिन

मंगलबार, ०३ भाद्र २०७६सन्जिब कुमार साह
खेलमा सधै जित्नु पर्छ भन्ने छैन – योहान कालिन
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली फुटबल कुन बाटोतर्फ अग्रसर भईरहेको छ ? धेरैको प्रश्न छ । ठ्याक्कै उत्तर कोहीसंग छैन । यो सहजै आउने उत्तर पनि हैन । राम्रो कस्तोलाई भन्ने ? सर्वमान्य मापदण्ड पनि त छैन, न त नराम्रो भन्नलाई ठोस आधार पनि छ ।

तर एउटा कुरा भने पक्का छ, नेपालले अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा हासिल गर्ने नतिजाले धेरैले नेपाली फुटबलको दिशा र गतिको मुल्याङ्कन गर्नेछन् ।

फुटबलको आमुल परिवर्तनको दाबी सहित नेपाली फुटबलको सर्वोच्च निकाय (एन्फा)मा नयाँ नेतृत्व आएको करिब डेढ बर्ष बितेको छ । धेरैले भन्छन्, खोई त परिवर्तन ?

त्यसैले एन्फाको वर्तमान नेतृत्व दबाबमा छ । त्यसैले सबै भन्दा बढी फुटबल टिमबाट नतिजा एन्फाको वर्तमान नेतृत्वलाई चाहिएको छ । यसका लागि उसले क्लब फुटलका गतिविधि ठप्प पारेर सबै ध्यान विश्वकप छनोटको दोस्रो चरणमा लगाएको छ ।

नेपालले अब विश्वकप छनोटको दोस्रो चरण खेल्दैछ । अर्थात आफु भन्दा वरियतामा माथि रहेका देशसंग होम एण्ड अवेका आधारमा छनोट प्रतियोगिता खेल्नेछ ।

फुटबल संघलाई यतिबेला फुटबल टिमबाट राम्रो नतिजा चाहिएको छ । एन्फाले त्यसको जिम्मेवारी स्विडेनका प्रशिक्षक योहान कालिनलाई दिएको छ । त्यसैले कालिन समेत अघि अघि दबाब महशुश गर्छन् ।

फिटनेसमा ध्यान नदिने खेलाडीलाई उनी टिम बाहिरै राख्दिन्छन् । भर्खरै मात्र कप्तान विराज महर्जन टिम बाहिर परे । उनी यस्तै छन्, उनको स्वभाव र शैली यस्तै छ । फुटबल खेल्न फिटनेस पहिलो शर्त रहेको उनी मान्छन् । स्पष्ट बोल्न रुचाउने स्विडेनका प्रशिक्षकले विश्वकप छनोटको आसन्न प्रतियोगिताको तयारी कसरी गरेका छन् ।

खेलपाटीका वरिष्ठ संवाददाता दिपेश तिमिल्सिनाले राष्ट्रिय फुटबल टिमका तीनै मुख्य प्रशिक्षक कालिनसंग कुराकानी गरेका छन् ।

विश्वकपको तयारी कस्तो छ ?

तयारी राम्रो छ । हरेक दिन खेलाडीले कडा मेहनत गरेका छन् ।

तपाईले भर्खर कप्तानलाई टिम बाहिर राख्नु भएको छ । के तपाई टिममा पर्न हरेक खेलाडी फिट हुनु जरुरी छ भन्ने सन्देश दिन चाहनुहुन्छ ?

खेलाडीको लागि फिटनेस निकै महत्वपूर्ण कुरा हो । समग्रमा हेर्ने भनेको मैदानमा खेलाडीको प्रर्दशन हो । फिटनेस छैन भने खेलाडीले प्रर्दशन गर्न सक्दैन । सबैलाई थाहा छ, विराज एकदम राम्रो खेलाडी हो । हामीलाई अझ उत्कृष्ट मध्यबाट उत्कृष्ट खेलाडी चाहिएको छ ।

यसको अर्थ बिराजले विश्वकप छनोटको खेल खेल्ने छैनन् ?

सबै खेलाडीलाई मौका छ । टिममा भएका खेलाडीले मात्र हैन, बाहिर भएका खेलाडीले समेत खेल्न सक्छन । तर अन्तराष्ट्रिय खेल खेल्न निकै कठिन हुने गर्छ । राष्ट्रिय टिम हो, खेलाडी आउने जाने भैरहन्छ । हेरौ भविष्यमा के हुन्छ ।

तपाईको नयाँ कप्तान को हो ?

थाहा छैन, हेरौ को हुन्छ ?

तपाईसंग कप्तानको सम्भाबना बोकेका खेलाडीको सुची होला नि ?

हुन सक्छ । छ होला । (हाँस्दै)

नाम भन्न मिल्छ ?

मिल्दैन ।

महत्वपूर्ण खेलाडी किरण, रोहित मलेसियाको क्लबविरुद्वको मैत्रीपुर्ण खेलमा छैनन् । यसले नेपाली टिममा अनुभवको कमी खड्किएला ?

हेरौ के हुन्छ । उनीहरु निकै अनुभबी खेलाडी हुन् तर उनीहरु छैनन् । भएको भए खेलमा घाइते हुन सक्थे । तर यो फिफाको खेल हैन । त्यसैले नयाँ खेलाडीलाई मौका हुनेछ । सधैं तपाईसंग बेष्ट टिम हुँदैन ।

यो तपाइको लागि परिक्षा हो । मुख्य खेलाडी नहुँदा के तपाई खुसी हुनुहुन्छ ?

यो सामान्य कुरा हो । अहिले बिमल घर्ति मगर उपलब्ध छन् । यो फिफाको तालिका हैन । र राष्ट्रिय टिममा आउने अन्य खेलाडीको लागि मौका हो ।

नेपाली टिम सम्हालेको ६ महिना पुगिसकेको छ । हामी अझै सकारात्मक नतिजाको प्रतिक्षामा छौं । उत्कृष्ट नतिजाका लागि अझै कति समय कुर्नु पर्छ ?

यदी सुक्ष्म तरिकाले हेर्ने हो भने हामीले २ महत्वपुर्ण खेल खेलेका छौं । एकमा बराबरी र एकमा पेनाल्टी दिएर हारेका छौ ।

करिब ९ महिना अघि हाम्रा प्रतिद्वन्दी रहेका तीनै टिमले युएई, जोर्डन, इरान जस्ता टिमलाई हराएका थिए । यसैबाट हाम्रो सुधार थाहा हुन्छ । सधै खेलमा जित्नु पर्छ भन्ने छैन ।

मलेसियाको बरियतामा हेर्ने हो भने धेरै माथि छैन । तर मलेसियाका खेलाडीले रोहितले जस्तै राम्रो लिग खेल्दै आएका छन् । उनीहरुसंग यत्तिको प्रदर्शन राम्रोनै हो भन्ने लाग्छ ।

तर नेपालले गोल र जितका लागि निकै संघर्ष गरिरहेको छ ?

के हामीले तल्लो स्तरको टिमसंग खेल्नु पर्ने थियो ? तर राम्रो टिम जसले विश्वकपमा खेलेको टिमलाई पराजित गरेको छ । त्यस्तो टिमसंग खेल्दा मानिसहरु किन गोल गर्न सकेनौ भनेर सोध्छन् । तर हामीले कुन स्तरको टिमसंग खेलेका छौं भन्ने भुल्नु भएन ।

के हामी विश्वकप छनोटको अर्को चरणमा पुग्छौ ?

पहिले हरेक खेलको प्रदर्शन हर्नुहोस । हामीले १४ अंक प्राप्त गर्छौं भन्नेले पनि कुनै अर्थ राख्दैन । उनीहरु पक्कै हामीमाथि दबाब बनाउने छन् ।

मलाई लाग्छ, हामीले पनि राम्रो नतिजा ल्याउने छौं । यसको पुष्टि पनि गरेका छौ । इजिप्टलाई झन्डै हराएको टिमसंग हामीले अवे खेलमा त्यत्तिको चुनौती दिनु मेरो बिचारमा राम्रो प्रदर्शन हो ।

विश्वकप छनोटमा तपाईको मुख्य चुनौती के हो ?

हामीले निकै बलियो टिमसंग खेल्नु पर्ने छ । प्रिमियर लिगको आधार भएका खेलाडी (अस्ट्रेलिया)संग खेल्नु पर्ने छ ।

सुरुवातमै अवे खेल खेल्नु पर्ने छ, जुन हामीलाई सजिलो पक्कै हुने छैन । मलाई लाग्छ यस्तो पहिले कहिल्यै भएको छैन । खेलाडीले कडा मेहनत गरेका छन् । उनीहरु साच्चिकै खेलको विकास गर्न चाहान्छन् ।

पहिला मलेसियन टिमसंग राम्रो खेल्नेछौ अनि अरु टिमबारे सोच्नेछौ । सबैले ठुलो अपेक्षा गरेका छन्, तर हामीले आफ्नो स्तर बिर्सनु हुदैन ।

तपाईले हरेर खेलमा फरक खेलाडी उतार्नुभएको छ । कुनै सेट टिम छैन । के कुवेतविरुद्व तपाईसंग गतिलो टिम छ ?

पक्कै पनि हामीसंग योजना छ ।

तपाईसंग प्लेइङ ११ को योजना छ त ?

छैन । तर, तपाईसंग केही आइडिया त हुनु पर्छ । तर, पुरै सेट ११ भने पक्कै हुनुहुन्न् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी