बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

'अब फुटसलका गतिविधि बढेकाे सुन्न पाईन्छ'

बुधबार, २९ श्रावण २०७६नमीन ढकाल
'अब फुटसलका गतिविधि बढेकाे सुन्न पाईन्छ'
Loading ad...
mustang rice ad

काठमाडौं । तुर्केमिनिस्तानमा आयोजना हुने सन् २०२० को एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपालले समेत खेल्दैछ ।

प्रतियोगिता खेल्न नेपालले इरानमा हुने साउथ तथा सेन्टर जोनबाट छनोट हुनुपर्नेछ । छनोटका लागि नेपाल समूह एमा छ । समुहमा चार पटकको उपविजेता टिम उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् । नेपाल रहेको समुह निकै बलियो छ ।

इरानमा आयोजना हुने छनोट प्रतियोगितामा सहभागीता जनाउन नेपालको राष्ट्रिय फुटसल टिमको छनोट सुरु भएको छ । यसअघि प्रतियोगिता आयोजना गरेर छनोट हुने गरेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटिले खुल्ला छनोटबाट राष्ट्रिय टिम बनाउने तयारी गरेको छ । कमिटिले ५ दिनको छनोट पश्चात प्रारम्भिक फुटसल टिमको टुङ्गो लगाउनेछ ।

एन्फामा नयाँ कार्यसमिति आएको झण्डै डेढ बर्षपछि फुटसल कमिटिले पहिलो पटक छनोट प्रतियोगिता आयोजना गरेको हो । फुटसल सञ्चालन गर्न एन्फाको छुट्टै फुटसल कमिटि छ । यता राखेपले समेत छुट्टै फुटसललाई सञ्चालन गर्दै आएको छ । राखेपले पछिल्लो बर्ष फुटसल संघलाई अर्जेन्टिनामा आयोजना भएको विश्वकपमा सहभागीता गराएको थियो । जुन फुटसल प्रतियोगितालाई फिफा र एएफसीको मान्यता रहदैन ।

त्यसैेले अर्जन्टिनामा सहभागी खेलाडीले फिफा र एएफसी मातहत चल्ने फुटसल प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

एन्फाले फुटसल कमिटि गठन गरेपनि घरेलु खेलकुदमा फुटसलका गतिविधि किन अघि बढ्न सकेन ? एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको तयारी कस्तो रहन्छ ? यिनै बिषयमा फुटसल कमिटिका संयोजक दाबा लामासंग खेलपाटीकर्मी रमेश सुबेदीले कुराकानी गरेका छन् ।

प्रतियोगिताका लागि खेलाडीको खुल्ला छनोट गर्नुभएको छ । छनोटको आधार के राख्नुभएको छ ?

सुरुमा छनोटको सुचना निकाल्यौ । पहिलो चरणमा २ सय जति देखेका छौ । सिधै छनोट गर्ने छैनौ । सुरुमा १०–१० मिनेट समय दिएर खेलाएका छौ । कुन खेलाडीले कुन सेन्सले खेल्छ, पहिलो चरणमा खेल्ने सेन्स हेरेर छनोट गर्नेछौ ।

खुल्ला छनोट गर्नुभएको छ । खेलाडी कम भएर हो ?

थोरै भएर हैन । ५ दिनको समय दिएका छौं । सबै खेलाडीलाई एकै दिनमा बोलाएका छैनौ । खेलाडी बढ्दै जान्छन् । एकै पटक बोलाउन सम्भव पनि छैन । सबैलाई एकैपटक बोलाउदाँ व्यवस्थापनमा समस्या हुन्छ । ठाउँ सानोे छ । आफ्नो मैदान नहुँदा समस्या आएको छ ।

छनोटबाट प्रारम्भिक चरणमा कति खेलाडी अट्नेछन् ?

पहिलो चरणमा ३० देखि ३५ खेलाडी भनेका छौ । एएफसीमा नाम पठाउँदा २५ मात्रै पठाउनुपर्छ । सुरुमा ३० खेलाडीको अन्तिम छनोट गर्छौ ।

खेलाडी छनोट टर्फमा भईरहेको छ । प्रतियोगिता म्याटमा खेल्नुपर्ने हुन्छ । तयारी कसरी अघि बढ्छ ?

टर्फको मैदान धेरै छ । म्याट थोरै छ । म्याट स्वयम्भु, भक्तपुरमा मात्र छ । आवश्यक पर्ने स्थानका लागि पत्र पठाएका छौ । तयारी म्याटमै हुन्छ ।

खेलाडी छनोट सुरु गरिसकेको छौ । तर अहिलेसम्म किन मुख्य प्रशिक्षकको टुंगो लाग्न नसकेको हो ?

छनोट सकेर प्रशिक्षक नियुक्त गर्ने तयारी छ । फुटसल प्रशिक्षकबाटै खेलाडी छनोट गरिरहेका छौ । त्यहीबाट एक उत्कृष्ट छनोट गछौ । त्यसैले सुरुमै प्रशिक्षक छनोट नगरेको हो । सबैसंगको छलफलबाट सो निर्णय लिएका हौ ।

पछिल्लो समय एन्फाको फुटसल कमिटिको गतिविधि शुन्य प्राय देखिन्छ । किन निस्कृय बस्नुभएको ?

हो, हाम्रा गतिविधि सुन्य छन् । एएफसीले हाम्रा मापदण्ड तोकिदिएको छ । त्यो अनुसार मैले काम गर्न पाएको छैन । त्यही कारण पछाडी परेका हौ । अब त्यो हुदैन । सबै कार्यविधि र नीति तथा कार्यक्रम एन्फा समक्ष पेश गरेको छु । अब त्यसमा रोक नहोला । अब फुटसलका गतिविधि सुन्न पाईन्छ ।

पछिल्ला समय राष्ट्रिय टिमबाट खेलेका खेलाडी फुटसलको छनोटमा कत्तिको आएका छन् ?

आएका छन् । पहिलो दिन समेत देख्न पाईयो । पहिलेका केही खेलाडी पलायन भईसके । केही बाँकी रहेका पहिलेका खेलाडीलाई समेत तेस्रो चरणबाट बोलाएका छौ ।

शीर्ष डिभिजनका क्लबका खेलाडीको आकर्षण कस्तो छ ?

आएका छन् । थ्री स्टार, सरस्वतीबाट खेलेका खेलाडी आईसकेका छन् । सागका लागि तयारी गरेका खेलाडी समेत आएका छन् ।

नेपालसंग साफ खेल्ने अफगानिस्तानको उमेर समुहको टिमले एएफसी च्याम्पियनसिपको फाइनल खेल्यो । तर नेपालमा भने अझै पनि फुटसलका गतिविधि हुन सकेको छैन नि ?

अवका दिनका नेपाली फुटसलका कुरा गर्दा शुन्य भएको कुरा सुन्न पाउनु हुन्न । धेरै समयको अन्तरमा आएका छौ । विभिन्न लिग प्रतियोगिता भए । प्रदेश लिग, जिल्ला लिग सञ्चालन भए । अब फुटसल समेत त्यसरीनै अघि बढाउन चाहन्छौ । अफगानिस्तान र इरान भन्ने त हैन । हाम्रो अवस्था उनीहरुको जस्तो छैन । अब काम सुरु भएको छ ।

राष्ट्रिय खेलकुद विकास विधेयकमा राखेपले फुटसल संघ चलाउने उल्लेख छ । त्यस अवस्थामा फुटसल कमिटि के हुन्छ ?

राखेपले जुन किसिमले राष्ट्रिय टिम बनायो । त्यो मैले फिफा र एएफसीसँग पनि कुरा गरे । उनीको सरकारबाट चल्ने प्रतियोगिता हो । त्यसमा हाम्रो हात हुँदैन भनेको छ । विश्वमा फुटसल र फुटबल फिफा र एएफसीबाट संचालन हुन्छ । सरकारले आफ्नै तरिकाले फुटसल चलाउछ । त्यसमा हाम्रो आपत्ति हुदैन ।

नेपाल रहेको समुहमा निकै बलिया टिम छन् । कसरी लिनुभएको छ ?

सहभागी भएपछि छनोट हुनेनै हो । चाँडै खेलाडी छनोट सकेर म्याटको तयारीमा जुट्छौ । सहयोगका लागि एएफसीबाट समेत प्रतिनिधि आउनेछन् । उनीहरुले फुटसलका गतिविधि सिकाउने छन् ।

फुटसलका नियम थाहा नपाउँदा सुरुवाती धेरे खेल बिग्रिएका छन् । त्यसलाई सच्चाउन एएफसीका प्रतिनिधि नेपाल आउदैछन् । प्रतियोगिता अघि दुई देशसँग मैत्रिपुर्ण खेलका लागि समेत प्रक्रिया अघि बढेको छ ।

एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको लक्ष्य के हुन्छ ?

हाम्रो लक्ष्य भनेको दोस्रो चरणमा पुग्नेनै हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका