भक्तपुर । आत्मरक्षा प्रशिक्षक एवं सामाजिक अभियन्ता पद्मा खयरगोलीको अध्यक्षतामा भक्तपुर मार्सल आर्टस हाप्किडो संघ गठन गरिएको छ ।
नेपाल मार्सल आर्टस हाप्किडो संघको तत्वावधानमा मंगलबार खयरगोलीको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर हाप्किडो संघ गठन भएको हो ।
नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रिय उपाध्यक्ष सुस्मिता गुरुङको उपस्थितिमा गठन गरिएको संघको प्रथम उपाध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, महासचिव सुरेन्द्र जाकिबन्जार, उपसचिव राजेन्द्र भुषण खयरगोली र कोषाध्यक्षमा रिता रंजितकार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा हरि बहादुर श्रेष्ठ, श्याम सुन्दर शिल्पकार, श्याम सुन्दर बासुकला, सुदिप सुवाल, अमित रंजित, जयन्ति श्रेष्ठ, रोजिना लोहला रहेका छन् ।
संघको कानुनी सल्लाहकार श्रीधर ङाखुसी श्रेष्ठ, सल्लाहकारमा नारायण झा तथा राजु बजिको रहेका छन् ।
नवगठित संघको आयोजनामा चाँडै नै मार्सल आर्टस हाप्किडो खेल सम्बन्धी खेलाडी, खेलप्रमी, समाजसेवी, विद्यार्थी, महिलाहरुको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम गर्ने योजना तय गरेको छ ।