काठमाडौं । प्रोग्राम वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार चीनको झिनहुवा जाने भएको छ ।
अगष्ट ३ र ४ तारिखमा हुने प्रतियोगितामा समान १–१ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठ तथा महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ रहेका छन् ।
प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठ छन् ।