काठमाडौं । आगामी मंसिरमा अन्तर्राष्ट्रिय खुकुरी मार्सल आर्टस् सम्मेलन आयोजना हुने भएको छ ।
गत वर्ष स्थापना भएको नेपाल केन्पो खुकुरी मार्सल आर्ट्सले काठमाडौंमा सम्मेलन आयोजना गर्ने भएको हो । राजधानीमा शनिबार बसेको संघको बैठकले उक्त निर्णय गरेको हो । सम्मेलनमा विभिन्न ३ दर्जनभन्दा बढी मुलुकको सहभागिता रहने नेपाल केन्पो खुकुरी मार्सल आर्टसका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेले बताए ।
यस्तै बैठकले आगामी भदौ २ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ । नेपाल केन्पो खुकुरी मार्सल आर्टस्ले हालसम्म ५३ जिल्ला संघ र ४ वटा प्रदेशमा प्रदेश संघ गठन गरिसकेको अध्यक्ष पाण्डेले जानकारी दिएका छन् ।
केन्द्रीय संघले जिल्ला तथा प्रदेशस्तरका संघहरुको क्षमता अभिबृद्धि तालिम सञ्चालनका साथै प्रतियोगिताहरु आयोजना गर्ने, शारिरिक तथा मानसिकरुपमा आपाङगता भएका र सुस्त मनस्थितिका लागि प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।