सदस्य सचिवद्वारा मुलपानी रंगशालाको निरीक्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त भएपछि सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी विभिन्न खेल पूर्वाधारको अवस्थाबारे जानकारी लिने कार्यलाई तीव्रता दिएका छन् ।
सदस्य सचिवमा सिलवालले सागमा समावेश विभिन्न २७ खेलका संघका पदाधिकारीसंगको छलफल पनि संगसंगै अगाडि बढाई रहेका छन् । सो क्रममा पूर्वाधारको निरीक्षण गर्ने क्रममा शुक्रबार सदस्य–सचिव सिलवालले मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, गोकर्ण क्लब कोर्स र गोकर्णस्थित साइक्लिङको क्रसकन्ट्री तथा डाउन हिल स्पर्धा हुने स्थानको स्थलगत निरीक्षण गरे ।
सो अवसरमा सदस्य–सचिव सिलवालले समस्याका बारेमा जानकारी लिनुका साथै समस्या बारे लिखित रुपमा पेश गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै सदस्य–सचिव सिलवालले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साग आफ्नो पहिलो प्राथमिकता भएकाले यसलाई सफतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउदै यस कार्यमा सरोकारवाला सबैको साथको आवश्यकता रहेकामा जोड दिए ।










-1778080143092.jpeg&w=3840&q=75)




%20(2)-1777978001805.jpeg&w=3840&q=75)