काठमाडौं । नेपालका नवीनकुमार श्रेष्ठ जोर्डनमा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित भएका छन् ।
जोर्डनको अम्मानमा गत जुलाई १८ देखि सञ्चालन भएको च्याम्पियनसिपमा नवीनकुमार श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएका हुन् ।
नेपाल तेक्वान्दो संघको रेफ्री कमिटीका प्रमुख समेत रहेका नवीनले उक्त च्याम्पियनसिपमा निर्णय प्रदान गरेका ५० जना रेफ्रीलाई पछि पार्दै उत्कृष्ट रेफ्री भए । उक्त खेलमा उनले ग्यरोगीतर्फ २० भन्दा बढि खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए
।
जसमा उनले उत्कृष्टता प्रदर्शन गर्दा एसियन तेक्वान्दो एसियाका प्रमुख जाई बोङ लीले बेस्ट रेफ्रीको प्रमाणपत्र प्रदान गरेका थिए ।
राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका उनी राष्ट्रिय खेलकुद परिषद्(राखेप)का मुख्य सहायक प्रशिक्षक हुन् । नवीनले यसअघि इङ्ल्यान्डको म्यानचेस्टरमा गत मे १५ देखि १९ सम्म सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा पनि ग्यरोगीतर्फ निणार्यकको
भूमिका निर्वाह गरेका थिए ।
नवीन सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक हुन् । नेपालमा दुई जना मात्र अन्तर्रा्ष्ट्रिय सेकेन्ड क्लास निर्णाायक छन् । नेपाल तेक्वान्दो संघका सचिवसमेत रहेका नवीनले आगमी दिनमा पनि आफूले पाएको जिम्मेवारी उत्कृष्ट तवरबाट निर्वाह गर्ने बताए ।