काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव रमेश सिलवाललाई स्वागत गरेको छ ।
बिहिबार एनओसीको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एनओसीले नवनियुक्त सदस्य सचिव सिलवाललाई स्वागत गरेको हो ।
कार्यक्रममा सदस्य सचिव सिलवालले खेलकुद संघभित्र देखिएका विवाद समाधान गर्र्दै सम्पुर्ण खेल संघलाई एकिकृत गर्न आफुले सक्दो कोशिश गर्ने बताएका थिए । उनले आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न गरिने समेत बताए ।
सिलवाललाई स्वागत गर्र्दै एनओसी अध्यक्ष जिवनराम श्रेष्ठले सफल कार्यकालको शुभकामना दिए । उनले सिलवाल बहुुआयामिक व्यक्तित्व भएको चर्चा गर्दै खेलकुद विकासमा राखेपसंग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।
राखेपको सदस्य सचिवमा सिलवाल नियुक्त भएपछि एनओसीले बिहिबार स्वागत कार्यक्रमको आयोजना गरेको थियो ।