काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल र प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ ।
भेटका अवसरमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद, नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग), नवौं राष्ट्रिय खेलकुद, प्रदेश रंगशालाका विषयमा दुई पक्षबीच छलफल भएको थियो ।
मुख्य मन्त्री पोखरेलले संघीयतामा खेलकुदलाई कसरी लानेलगायतका विषयमा कुरा गर्न आवश्यक रहेका बताए ।
सदस्य–सचिव सिलवालले संरक्षण र सुरक्षाको दृष्टिकोणले आठौं राष्ट्रिय खेलकुदका लागि बनेका पूर्वाधार प्रतियोगिता सम्पन्न भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गर्नुमा जोड दिएका थिए ।