काठमाडौं । नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव केशवकुमार बिष्टलाई विदाई गरेको छ ।
संघले शुक्रबार निर्वतमान सदस्य सचिव बिष्टलाई सम्मान पत्रसहित विदाई गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम अवालेले बिष्टलाई सम्मान पत्र प्रदान गरे।
नेपाली खेलकुदको विकास र विस्तारमा निर्वतमान सदस्य सचिव बिष्टको भूमिका निकै ठुलो रहेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
'वि.सं. २०७२ आषाढ १० देखि २०७६ आषाढ ९ सम्म खेलकुदको उच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव जस्तो गरिमामय पदको जिम्मेवारी वहन गर्दै नेपाली खेल क्षेत्रको विकास र विस्तारमा यहाँले पुर्याउनुभएको योगदान स्मरणीय छ । खेलका माध्यमबाट राष्ट्रको छविलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यहाँले गर्नुभएको प्रयत्नप्रति बक्सिङ संघ आभारी छ,' सम्मान पत्रमा लेखिएको छ ।
यस्तै विदाईमा बोल्दै निवर्तमान सदस्यसचिव बिष्टले आफु जहाँ रहे पनि खेलकुद प्रति सदैभ बफादार रहने बताए ।
'म कुनै न कुनै नाताले खेलकुदको विकास र विस्तारमा बफादार रहि रहने छु । म नियमित प्रक्रिया अनुसार राखेपको जिम्मेवारीबाट टाढा भएको हुृ,तपाईहरुले खेलकुदलाई नजिकबाट बुझेको क्षमतावान सदस्य–सचिव पाउनु भएको छ', निवर्तमान सदस्यसचिव बिष्टले भने, 'सवै मिलेर वहाँको कार्यकाललाई सफल बनाउन इमान्दार भएर काम गरौं ।
कार्यक्रममा बक्सिङ खेलका ओलम्पियन,बक्सिङ खेलाडी,पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।