एजेन्सी । विश्व एथ्लेटिक्समा भारतले पहिलो स्वर्ण जितेको छ । ट्रयाक एण्ड फिल्ड अन्तर्गत ४ सय मिटर दौडमा भारतकी गीता दासले स्वर्ण जितेकी छिन् ।
फिनल्याण्डमा भएको आईएएएफ विश्व अन्डर २० एथ्लेटिक्समा ४ सय मिटर स्पर्धामा भारतकी १८ बर्षिय गीताले स्वर्ण जित्न सफल भईन् । विश्व एथ्लेटिक्समा भारतले पहिलो पटक स्वर्ण जित्न सफल भएको छ ।
यस अगाडी भारतको कुनैपनि जुनियर र सिनियर खेलाडीले विश्व एथ्लेटिक्स च्याम्पियसिपमा स्वर्ण जितेका छैनन् । हिमाले ४ सय मिटर दौड ५१ दशमलव ४६ सेकेन्डमा पुरा गरिन् ।
रोमानियाकी एन्ड्रिया मिकलोसले रजत र अमेरिकाकी टेलर मैसनले कास्य पदक हात पारिन् । सुरुवाती ३५ सेकेन्डसम्म हिमा शीर्ष तीन खेलाडीमा समेत रहेकी थिईनन् । तर अन्तिममा गतिलाई समात्दै उनले इतिहास कोर्न सफल बनिन् ।