काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
बर्मिघममा घरेलु टोलीविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । तर, अष्ट्रेलियाले खराब ब्याटिङ गरिरहेको छ ।
६ ओभर १ बलमा मात्र १५ रन जोड्दा अष्ट्रेलियाले महत्वपूर्ण ३ विकेट गुमाएको छ ।
अष्ट्रेलियाका डेभिड वार्नर ९ रनमा आउट हुँदा कप्तान आरोन फिंच सुन्य रनमा आउट भए । पिटर हान्ड्सकम्प्ब ४ रनमा पेभेलियन फर्किए ।
इंग्ल्याण्डका क्रिस वोक्सले २ तथा जोफ्रा आर्चरले १ विकेट लिए ।
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यस्तै घरेलु टोली इंग्ल्याण्ड समेत चौथो पटक फाईनल खेल्ने लक्ष्यमा हुनेछ ।
अष्ट्रेलियाले अहिलेसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । अष्ट्रेलिया सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनल पुगेको थियो । जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो । बाँकी फाइनल उसले जितेको ईतिहास छ ।
इङ्ल्याण्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर तीनै पटक उपविजेतामा सिमित बनेको थियो ।
दुईबीचको विजेताले न्युजिल्याण्डसँग खेल्नेछन् ।