एजेन्सी । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत स्थगित भएको पहिलो सेमिफाइनल खेल पुन: सुरु भएको छ ।
म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि मंगलबार न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल स्थगित भएको थियो । वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार पुन: खेलाइएको हो ।
ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो । र, न्युजिल्याण्डले यहि स्थितिबाट ब्याटिङ सुरु गरेको छ ।
विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।
यस अघि भारत विश्वकपको २ पटकको विजेता हो भने न्युजिल्याण्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको थियो ।