एजेन्सी । अष्ट्रेलियाका उस्मान ख्वाजा र मार्कुस स्टोनिसले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल खेल गुमाउने भएका छन् ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको दक्षिण अफ्रिकाविरुद्दको लिग चरणको अन्तिम खेलमा ख्वाजा र स्टोनिसले चोट बोकेका थिए । खेलमा ख्वाजा ह्यामिस्ट्रीङको कारण रिटायर्ड हर्ट भएका थिए । स्टोनिसलाई पनि ह्यामिस्ट्रीङले सताएको बताईएको छ ।
दुई भरपर्दा ब्याट्सम्यानले सेमिफाइनल खेल गुमाउने भएपछि अष्ट्रेलियालाई ठुलो धक्का लागेको छ । अष्ट्रेलियाले दुवैको स्थानमा म्याथ्यु वेड र मिचेल मार्शलाई टिममा बोलाएको छ ।
अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ । दोस्रो सेमिफाइनल खेल जुलाई ११ मा हुनेछ ।
यस्तै पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल जुलाई ९ मा म्यानचेस्टरमा हुनेछ ।