नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार आफु मातहतमा रहेको खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउनु निर्देशन दिएको छ ।
अधिवक्ता सुजित केसीले सोमबार एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राई गरी तीनलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो ।
महानगरपालिकाले सोमबार एक कार्यक्रमकाबीच ६ क्लबलाई समान १०/१० लाख अनुदान रकम प्रदान गरेको हो ।
महानगरकी सामाजिक विकास विभाग महाशाखा प्रमुख विमला कोईरालाले कोरोनाका कारण प्रभावित बनेको अनुदान वितरण मंगलबार हुने खेलपाटीलाई बताईन् ।
कोरोना भाईरसको महामारीबीच भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएसँगै बासमले ४ वर्ष माल्दिभ्स फुटबलको नेतृत्व गर्नेछन् ।
नयाँ खेलकुद विकास ऐन बिहिबारबाट लागू भएसंगै राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघ कास्कीको अनुसन्धानका लागि गठित समितिले जिल्ला संघले सञ्चालन गरेका ६ वटा प्रतियोगिताको आर्थिक कारबारमा केन्द्रित रहेर अनुसन्धान अघि बढाएको हो ।
कोरोना भाईरसको महामारीका कारण मञ्चले सामाजिक दुरी कायम गर्दै विहीबार मञ्चको केन्द्रीय कार्यलयमा ‘नेपाली खेलकुद पत्रकारितामा कोभिड–१९ को असर’ विषयक अन्तक्रियामा कार्यक्रम आयोजना गरेको हो ।