आयोजक अन्नपूर्ण स्कुलले १४ औ अन्नपूर्ण कप मैत्रीपूर्ण बुद्धीचाल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगितामा अन्नपूर्णले विभिन्न स्पर्धामा कुल १४ पदक जितेको थियो ।
जुनियर ब्वाइजमा इबीएले एचएचसीएलाई १८–१०, महामञ्जुश्रीले बूढानीलकण्ठलाई ३३–१०, माउन्ट ग्लोरीले गोल्डेनपिकलाई १५–१२, ग्रिनल्यान्डले नवजीवन एजुकेसनल एकेडेमीलाई २०–१६, हिमरश्मीले फ्लोरोसेन्टलाई १३–८ र आडिसीले बीएनएलाई २३–१५ ले पन्छाए ।
चिल्ड्रेन मोडल छैटौं ईण्डो नेपाल गोजुकाई च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो ।