नेपाल गोर्खा खुकुरी मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पूर्णले सुनसरीका राज बस्नेतलाई पराजित गरे ।
रुस्लान थ्रीस्टार क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै एपीएफले पुलिससंगको उपाधि भिडन्त पक्का गरेको हो ।
ललितपुरमा जारी ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा न्युरोड टिम एनआरटीले लगातार दोस्रो जित हात पारेको छ ।
बिहिबारको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन विधेयकमाथी छलफल भएको छ ।
सुर्य बिनायक नगरपालिका बाल खेलकुद उपभोक्ता समितिद्धारा धारा पाटीमा संचालित बाल महोत्सबमा फुटबल, कराँते र साईकिलिङका खेल पनि समाबेश गरिएको छ ।
नयाँ आर्थिक बर्षका लागि सरकारले खेलकुदमा २ अर्ब ४ करोड रकम बिनियोजन गरेको थियो ।
पायनीयर स्कुलका अंकीत भुजेल र स्नेहा बुढाथोकीले १४ औ अन्नपूर्ण कप स्कुल चेस प्रतियोगिताको यु–१० स्पर्धाको उपाधि जितेका छन् । शनीबार सम्पन्न ६ चरण्को प्रतियोगितामा यी दुवैले ५.५ अंक जोडे । छात्र स्पर्धामा अंकीत बराबर ५.५ अंक जोडेका दिपज्योती स्कुलका जसिम मिया दोश्रो तथा ५ अंक जोडेका बिन्ध्यबासीनीका जिवन बराइली तेश्रो भए ।
मोहन २०१४ देखि उक्त प्रतियोगितामा नियमित सहभागी हुँदै आएका छन् । मोहन र उनको जोडीले ८५ प्रतिशत अंक ल्याउदै पहिलो स्थान हात पारेका हुन् । २०१४ देखि नै एडमन्ड पनि मोहनको पार्टनर बन्दै प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।