काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज युवा तथा खेलकुद मन्त्रालयको विनियोजन विद्येयकमाथी छलफल हुदैछ । विनियोजन विधेयकमाथी छलफल गर्न संसद बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।
खेलकुद सहित संसदमा आज पर्यटन तथा खानेपानी मन्त्रालयको विनियोजन विधेयकको विभिन्न शीर्षकमा छलफल हुने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ । नयाँ आर्थिक बर्षका लागि सरकारले खेलकुदमा २ अर्ब ४ करोड रकम बिनियोजन गरेको थियो ।
सरकारले इन्डोनेशियामा हुने १८ औ एसियाली खेलकुद प्रतियोयिगताको तयारी, १३ औ दक्षिण एसियाली खेलकुद साग र मंसिरमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सो रकम विनियोजन गरेको हो ।