मोहनलाई लगातार पाँचौं पटक स्वर्ण
शनिबार, २६ जेठ २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
अस्ट्रेलिया राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडी मोहन बमले स्वर्ण जितेका छन् । उनले नागे नो कातामा एडमन्ड युनसंग मिलेर लगातार पाँचौं पटक स्वर्ण जितेको बताइएको छ ।
मोहन २०१४ देखि उक्त प्रतियोगितामा नियमित सहभागी हुँदै आएका छन् । मोहन र उनको जोडीले ८५ प्रतिशत अंक ल्याउदै पहिलो स्थान हात पारेका हुन् । २०१४ देखि नै एडमन्ड पनि मोहनको पार्टनर बन्दै प्रतियोगितामा सहभागी हुँदै आएका छन् । मोहनले आइतबार पुरुष ६० केजीमुनि तौलसमूहमा पनि प्रतिस्पर्धा गर्नेछन् ।










-1778080143092.jpeg&w=3840&q=75)



%20(2)-1777978001805.jpeg&w=3840&q=75)