काठमाडौं । ललितपुरमा जारी ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा न्युरोड टिम एनआरटीले लगातार दोस्रो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको दोस्रो खेलमा एनआरटीले सरस्वती फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा एनआरटीको जितमा ७४ औ मिनेटमा सचेत गुरुङले विजयी गोल गरे । प्रतियोगिताको पहिलो खेलमा एनआरटीले काठमाडौंको मछिन्द्र क्लबलाई सिकार बनाएको थियो ।
लगातार दोस्रो खेलमा जित निकाल्दै समुह एमा एनआरटीले महत्वपुर्ण ६ अंक जोडेको छ । तर गोल अन्तरका आधारमा विभागीय टिम आर्मी भन्दा पछाडी रहदै न्युरोड टिम अंक तालिकाको दोस्रो स्थानमा छ ।