काठमाडौं । टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । विभिन्न ६ उमेर समूहमा खेल हुने छ । ब्वाइज÷गर्ल्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने छ ।
पाँचदिने प्रतियोगिताका खेलहरु धापाखेलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।