काठमाडौं । श्री सिद्धी मंगल माविका अमित घलान र एस्फोडेल स्कुलकी करिष्मा कार्कीले प्रथम अन्तरविद्यालय क्योकुसिन कराते प्रतियोगिताको खुला तौलसमूमा स्वर्ण जितेका छन् ।
नेपाल इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान क्योकुसिन वल्र्ड डेद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा अमितले क्याम्पियनका साहिर श्रेष्ठ तथा करिष्माले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटकी रोजिना भुजेललाई पराजित गरे ।
पुरुष ४० केजीमा गुड स्टार्ट एकेडेमीका शेष रिजवान, ४५ केजीमा श्री सरस्वती माविका रमित महर्जन, ५० केजीमा दरबार हाइ स्कुलका संजोग लामा, ५५ केजीमा मधवालिया माविका रामसिंह घलान र ६० केजी दरबार हाइ स्कुलका सुशन तामाङ पहिलो भए ।
महिला ५५ केजीमा काठमाडौंकी अनिशा तामाङ, ४५ केजीमा दरबारकी दीक्षा महरा, ५० केजीमा महांकाल माविकी निसु तामाङ र ३५ केजीमा दरबारकी चाहना खत्री पहिलो भए ।
विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का प्रथम उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरेका थिए । विभिन्न २० विद्यालयका १ सय ५० खेलाडी सहभागी थिए ।