काठमाडौँ। आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन्।
जसमध्ये ११ राष्ट्रले आ–आफ्नो टोली घोषणा गरेका छन्। भारतलाई छाड्ने हो भने बाँकी १० टोलीमध्ये ५ मा भारतीय मूलका २२ खेलाडी छनोट भएका छन्।
आयोजक अमेरिकाको टोलीमा कप्तान मोनांक पटेलसहित भारतीय मूलका सबैभन्दा बढी ८ खेलाडी छन्। क्यानडामा ७ र ओमानमा ४ भारतीय खेलाडी टोलीमा परेका छन्। यस्तै, दक्षिण अफ्रिका र न्यूजिल्यान्डको टोलीमा पनि भारतीय खेलाडी समेटिएका छन्।
मोनांकले गुजरातबाट यू–१६ र यू–१८ क्रिकेट खेलिसकेका छन्। मिलिन्द कुमार र सौरभ नेत्रलोकरले पनि रणजी ट्रफी खेलिसकेका छन्। ३२ वर्षीय मध्यम तीव्रगतिका बलर सौरभले रणजीमा मुम्बईको प्रतिनिधित्व गरिसकेका छन्। सन् २०१८ मा यू–१९ विश्वकप खेल्दा उनी भारतीय टोलीका सदस्य थिए। उनले केएल राहुलसँग ड्रेसिङ रुम सेअर गरेका थिए।
कुन टोलीमा को?
अमेरिका : मोनांक पटेल (कप्तान), हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे र सौरभ नेत्रलोकर
क्यानडा : दिलप्रीत बाजवा, हर्ष ठाकर, कन्वरपाल तथगुर, नवनीत धालीवाल, परगट सिंह, रविन्द्रपाल सिंह र श्रेयस
ओमान : कश्यप प्रजापति, प्रतीक अठावले, अयान खान र शोएब खान
दक्षिण अफ्रिका : केशव महाराज
न्यूजिल्यान्ड : रचिन रविन्द्र र इश शोधी