काठमाडौं । तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिता उपाधि जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बन्यो ।
वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वोर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा निलकन्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित दोस्रो भयो ।
तेस्रो स्थानमा नागर्जुन नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य हात पारे । काठमाडौको ऐतिहासिक नगरी मनमैजुमा भएको २ दिने प्रतियोगिताको पुरुषमा निलकन्ठ नगरपालिकाका बिजय श्रेष्ठ र महिलामा तारकेश्वोर नगरपालिकाका एरिका गुरुङ उत्कृष्ट खेलाडी घोषणा भइ जनही रु ५००० नगद पुरस्कार हात पारे भने उदीयमान खेलाडि पुरुषमा धनकुटाका रिकेश भन्डरी र महिलामा गोलबजारका प्रनिशा साही ठकुरी चुनिए ।
बुढानिलकण्ठ नगरपालिकाका अनुशासित टिम चुनिए भने मार्चपासमा सिन्धुली उत्कृष्ट घोषित भए ।
बिजेता खेलाडीहरुलाइ प्रमुख अतिथी तारकेश्वर नगरप्रमुख रामेश्वोर बोहोरा, वादोकाइ कराते डो संघ नेपालका अध्यक्ष सुशीलकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा २७ नगरपालिकाबाट १९० खेलाडीले १४ स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको प्रवक्ता तथा महासचिब विकाश राजबाहकले जनाएका छन् ।