एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) आयोजक इंग्ल्याण्डले न्युजिल्याण्डको सामना गर्दैछ ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ।
सेमिफाइनल यात्राका लागि दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । किनकी दुवै टोलीको यो अन्तिम लिग खेल हो । यस खेलमा पराजित हुने टोलीको सेमिफाइनल सम्भावना कमजोर बन्नेछ ।
लिगको ८ खेलमा ५ जित र २ हार व्यहोरेको न्युजिल्याण्ड ११ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ५ जित तथा ३ हार व्यहोरेको इंग्ल्याण्ड ११ अंकसहित चौथो स्थानमा रहेको छ ।
यस खेल पाकिस्तानका लागि समेत महत्वपूर्ण रहेको छ । यस इंग्ल्याण्डले जित निकालेमा पाकिस्तानको सेमिफाइनल यात्रा कमजोर बन्नेछ । तर, इंग्ल्याण्ड पराजित भएमा र अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमा पाकिस्तान सेमिफाइनल पुग्नेछ ।
प्रतियोगितामा यसअघि अष्ट्रेलिया र भारतले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । यस्तै अफगानिस्तान, वेष्ट इण्डिज, श्रीलंका र बंगलादेश भने बाहिरिसकेका छन् ।