एजेन्सी । विश्व नम्बर एक अष्ट्रेलियाकी एश्ले बार्टी विम्बल्डन टेनिसको दोस्रो चरणमा पुगेकी छिन् ।
मंगलबार भएको पहिलो चरणमा झिङ साइसाईलाई ६-४ र ६-२ को सेटमा पराजित गरिन् । फ्रेन्च ओपन च्याम्पियन बार्टीले अब एलिसान भानसंग खेल्ने छिन् ।
यस्तै साबिकको विजेता एन्जलिक केर्बरले जर्मनीका टाटजना मारियालाई ६-४ र ६-३ को सेटमा हराएर दोस्रो चरणमा पुगेकी छिन् । अब केर्बरले राउरेन्स डाभिससँग खेल्ने छिन् ।