एजेन्सी । विश्वकप फुटबल अन्तर्गत बेल्जियमविरुद्धको खेलमा फ्रान्सले अग्रता लिएको छ । दोस्रो हाफको खेल चलिरहदाँ फ्रान्सले १–० को अग्रता बनाएको छ ।
खेलको ५१ औ मिनेटमा स्यामुएल उम्टीटीले गोल गर्दै फ्रान्सेली टोलीलाई अग्रता दिलाएका हुन् ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो ।
फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई पराजित गर्दैै सेमिफाईनलकोे यात्रा तय गरेका थिए ।
दुवै टोली समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका थिए । बेल्जियम दोस्रो पटक सेमिफाईनल पुगेको हो भने फ्रान्सको यो छैटौ सेमिफाईनल यात्रा हो ।