एजेन्सी । ब्राजिलियन सुपर स्टार नेयमारले रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप अन्तर्गत क्वाटरफाइनल खेलपछि आफुले फुटबल हेर्न नसकेको बताएका छन् । एएफपीसंग कुरा गर्दै नेयमारले आफ्नो टोली क्वाटरफाइनलबाट बाहिरिएपछि आफुले फुटबल हेर्न नसकेको बताएका हुन् ।
पाँच पटकको च्याम्पियन ब्राजिल रुस विश्वकपमा बेल्जियमसंग २-१ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । विश्वकपबाट बाहिरिएपछि २६ बर्षीय नेयमारले एएफपीसंगको अन्तर्वार्तामा आफुले बल र अन्य खेलहरु हेर्न नसकेको बताएका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमारले भनेका छन्, 'जहासम्म मैले फुटबल खेल्न चाहन्न भन्न त सकिन । तर, म फुटबल हेर्न सक्दिन थिए अथवा अरुले फुटबल खेलेको हेर्न सक्दैन थिए।'
नेयमारले बेल्जियमसंगको हारपछि आफु निकै दुखी रहेको समेत बताए । उनले भने, 'म निकै शोकमा थिए, वास्तबमै निकै दुखी थिए । उदासीनतामा गुज्रिरहेका थिए I तर, मेरो छोरा, परिवार र साथीहरु मलाई यो अवस्थामा देख्न चाहँदैन थे । र, उदासीनताबाट खुसी हुने मैले धेरै कारणहरु भेटे ।'
यस्तै नेयमारले विश्वकपमा आलोचना गरिएजस्तो आफुले नौटंकी नगरेको बताए । उनले खेलाडीहरुलाई रेफ्रीले बचाउनुपर्ने जोड दिए । 'म विश्वकप खेल्न आएको थिए । बिपक्षिलाई हराउन आएको थिए, किक हान्न आएको थिएन । मविरुद्ध गरिएको आलोचना अतिरन्जित थियो । तर, म ठुलो केटा हु । यस्ता कुराहरु म उपयोग गर्न सक्छु ।'