एजेन्सी । विश्वकप फुटबल अन्तर्गत फ्रान्स र बेल्जियमबीचको पहिलो हाफको खेल गोल रहित बराबरीको सकिएको छ । पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
पहिलो हाफमा बेल्जियमले बल नियन्त्रणमा राख्न सफल भएको छ । तर काउन्टर अट्याकमा फ्रान्स अगाडी देखिएको छ । बेल्जियमले ६० प्रतिशत बल पोजिसन कायम गरेको छ । तर बेल्जियमले तीन प्रहार गर्दा फ्रान्सले ११ प्रहार गरेको छ ।
बेल्जियमका कप्तान इडेन हजार्डले मिडफिल्डमा उत्कृष्ट प्रर्दशन गर्दै फ्रान्सको डिफेन्स लाईनलाई दबाबमा राखेका छन् । फ्रान्सले काउन्टर अट्याकमा बेल्जियममाथी दबाब बढाएको छ ।
पहिलो सेमिफाईनलमा भिड्न लागेका दुवै टोली प्रतियोगितामा अपराजित छन् । फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई पराजित गर्दैै सेमिफाईनलकोे यात्रा तय गरेका थिए ।
दुवै टोली समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका थिए । बेल्जियम दोस्रो पटक सेमिफाईनल पुगेको हो भने फ्रान्सको यो छैटौ सेमिफाईनल यात्रा हो ।