एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई जितका ३३९ रनको फराकिलो लक्ष्य दिएको छ ।
इंग्ल्याण्डको चेस्टरमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनायो । श्रीलंकाका लागि अभिश्का फर्नान्डोले १०४ रनको शतकीय इनिङ्स खेले ।
यस्तै कुशल परेराले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा लाहिरु थिरिमानेले अविजित ४५ रन बनाए ।
त्यस्तै कुशल मेन्डिसले ३९, कप्तान दिमुथ करुणारत्नेले ३२ तथा एञ्जेलो म्याथ्युजले २६ रन बनाए ।
वेष्ट इण्डिजका जासन होल्डरले २ विकेट लिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । तर,दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् ।
अंक तालिकामा श्रीलंका सातौ र वेष्ट इण्डिज नवौ स्थानमा छन् ।
श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेको छ । उसले दुई खेलमा जित निकाल्दा तीन खेलमा पराजय भोग्य पर्यो । उसका दुई खेल बर्षाका कारण रद्व भएको थियो ।
यता वेष्ट इण्डिजले ७ खेलमा मात्र एक खेल जित्यो । उसले ५ खेलमा हार ब्यहोर्यो । एक खेल बर्षाका कारण रद्व भएको थियो ।