एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा पाकिस्तानले छिमेकी प्रतिद्वन्दी अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।
जितसंगै पाकिस्तानले शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानले ८ खेलबाट ९ अंक जोडेको छ । र, तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।
अफगानिस्तान भने अंक विहिन हुदै तालिकाको पुछारमा छ । विश्वकपबाट बाहिरीसकेको अफगानिस्तानको यो आठौं हार हो ।
इंग्ल्याण्डको लिड्समा अफगानिस्तानले दिएको २२८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानको जितमा इमाद वासिमले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै बाबर आजमले ४५ रन जोड्दा इमाम उल हकले ३६ रन बनाए ।
त्यस्तै हरिस सोहिलले २७, मोहमद हाफिजले १९, कप्तान सर्फराज अहमेदले १८ तथा वाहब रियाजले अविजित १५ रन बनाए ।
अफगानिस्तानका मोहमद नाबी र मुजिब उर रहमानले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।
अफगानिस्तानका लागि नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२/४२ रन बनाए । यस्तै रहमत शाहले ३५, इक्राम अलिखिल २४, अविजित समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६, कप्तान गुलबदिन नाइब १५ रनको योगदान गरे ।
पाकिस्तानका सहिन शाह अफ्रिदीले ४ विकेट हात पारे । यस्तै वाहब रियाज र इमाद वासिमले समान २/२ विकेट लिए ।
अब पाकिस्तानले अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ
जितसंगै पाकिस्तानले शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानले ८ खेलबाट ९ अंक जोडेको छ । र, तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।
अफगानिस्तान भने अंक विहिन हुदै तालिकाको पुछारमा छ । अफगानिस्तानले भने वेष्ट इण्डिजको सामना गर्नेछ ।