वेष्ट इण्डिजलाई भारतको मध्यम लक्ष्य
बिहिबार, असार १२, २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा भारतले वेष्ट इण्डिजलाई जितका लागि २६९ रनको मध्यम लक्ष्य दिएको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनायो ।
भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै महेन्द्र सिंह धोनीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै ओपनर लोकेश राहुलले ४८ रन जोड्दा हार्दिक पाण्ड्याले ४६ रनको योगदान गरे ।
वेष्ट इण्डिजका केमार रोचले ३ विकेट लिए । यस्तै कप्तान जेसन होल्डर र शेल्डोन कोट्रेलले २/२ विकेट लिए ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)