एजेन्सी । यो भिडन्त युरोपका दुई महारथीको हो । अर्थात फ्रान्स अनि बेल्जियमको ।
यो तयारी हो, युरोप लगायत विश्व फुटबलको नयाँ शक्ति राष्ट्र बन्ने ।
रुसको सेन्ट पिटरवर्गमा दुई टोलीको यो ७४ औ भिडन्त हुनेछ । यही भिडन्तले रुसी विश्वकपको एक फाईनलिस्ट तयार गर्नेछ ।
यसअघिका दुई विश्वकपको भेटमा फ्रान्सले बेल्जियमलाई नमज्जाले हराएको छ ।
तर मंगलबार राति भिड्दै गर्दा इतिहासका खेल र नतिजा कागजमा सिमिति हुनेछन् ।
दुवै टोली आफ्ना स्वर्णीम पुस्ताका खेलाडीको सहयोगले एउटा गर्विलो ईतिहास लेख्ने कोशिश गर्नेछन् ।
रुसी विश्वकपमा जवर्जस्त प्रर्दशन गर्दै सेमिफाईनलसम्मको यात्रा तय गरेका दुवै टोली विश्वकपको उपाधि भन्दा मात्र २ कदम पछाडी छन् ।
फ्रान्सले क्वार्टरफाईनलमा उरुग्वेलाई २–० ले हरायो । जितकालागि फ्रान्सेल उरुग्वेविरुद्ध खासै मेहनत गर्न परेन ।
फ्रान्सेली कप्तान ह्युगो लोरिस समेत बेल्जियमको चुनौती सामना गर्न आफुहरु तयार रहेको बताउछन् ।
‘उनीहरु एक परिपुर्ण टिम छन् । सबै चिजकालागि उनीहरु तयार छन् । प्रतियोगिताको दौरान उनीहरुलाई आफुलाई पुर्ण टोलीको रुपमा प्रस्तुत गरिसकेका छन् । एउटा उत्कृष्ट टिम बन्नकालागि आवश्यक पर्ने सबै चिज उनीहरुसंग छ ।’ उनी भन्छन् ।
‘यो गज्जबको पुस्ता छ । उनीहरुलाई हराउन हामीले निकै राम्रो खेल्नपर्छ । हामीलाई राम्रोसंग थाहा छ, खेल निकै कठिन हुनेछ । तर हामी अगाडी बढ्न तयार छौ । हामी सेमिफाईनलमा पुगेका छौ । हाम्रा अगाडी निकै ठुलो अवसर छ । हामी यसलाई प्राप्त गर्न चाहन्छौ ।’ उनी थप्छन् ।
फ्रान्सले ६ पटक विश्वकपको सेमिफाईनल यात्रा तय गरेको छ । जसमा दुई पटक सन् १९९८ र सन् २००८ मा फाईनल यात्रा तय गरेको छ । बेल्जियमको दोस्रो पटक विश्वकपको सेमिफाईनल यात्रा तय गरेको हो ।
बेल्जियमका स्टार केभिन डी ब्रोयनले मुख्य प्रशिक्षक रोबर्टो मार्टिन्जको प्रसंशा गर्दै आफ्नो टोली विश्वकप जित्न सक्षम रहेको दाबी गर्छन् ।
‘मलाई लाग्छ, प्रशिक्षकले बलियो टिम निर्माण गरेका छन् । यही टिमले विगत ७ देखी ८ बर्ष लगातार संगै खेलिरहेको छ । मलाई लाग्छ प्रशिक्षकले उपाधि जित्नकालागि हामी सबैलाई एक ठाउँमा ल्याएर आएका छन् ।’ उनले भने ।
फ्रान्सका ब्लेज माटुईडी एक खेलको निलम्बपछि मैदान फर्कने छन् । बेल्जियमलाई थोमस मुनिरको निलम्बनले समस्यामा पार्न सक्छ । जसले ब्राजिलविरुद्धको खेलमा पहेलो कार्ड खाएका थिए ।
फ्रान्सले यसअघिका तीन मुख्य प्रतियोगितामा बेल्जियमलाई हराएको छ । जसमा दुई पटकको विश्वकप खेलमा छ । फ्रान्सले १९३८ मा विश्वकपको पहिलो चरणमा बेलिजयमलाई ३–१ ले हराएको थियो । सन् १९८६ मा तेस्रो स्थानकालागि भएको प्लेअफमा फ्रान्सले अतिरिक्त समयमा ४–२ को जित निकालेको थियो । सन् १९८४ को युरोकपको समुह चरणमा फ्रान्सले बेल्जियमलाई ५–० ले पाखा लगाएको थियो ।