काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुबेदी मनोनित भएका छन् । संघको शनिबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सुबेदीलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
विभिन्न समाजिक कार्यक्रममा सक्रिय सुवेदीलाई भलिबल संघले उपाध्यक्षमा मनोनित गरेको हो ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको पुर्व गभर्नर रहेका सुबेदी मानव अधिकार तथा शान्ति समाजका महासचिव हुन् ।
‘कलेजस्तरबाट भलिबललाई माया गर्ने भएकाले जोडिएको हुँ । समाज सेवामा लामो समय काम गरेको हिसाबले भलिबल संघले गरेको प्रस्तावलाई स्विकार गरेको हुँ ।’ सुबेदीले खेलपाटीसंग भने ।
उनले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास र विस्तारमा लाग्ने बताए ।
‘पछिल्लो समय नेपालमा भलिबलको लोकप्रियतामा केही कमी आएको छ । भलिबलको विकासमा धेरै काम गर्न जरुरी छ । त्यही भएर भलिबलमा जोडिन आईपुगेको हुँ ।’ उनले थपे ।