काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राखेपका पूर्व कर्मचारीहरुलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।
२०७४ साल कात्तिकदेखि हालसम्म अनिवार्य अवकाश पाएका ३९ कर्मचारीलाई सम्मान गर्दै बिदाइ गरियो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले उनीहरुलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाइ गरे ।