काठमाडौं । रुस विश्वकप फुटबलको सेमिफाइनल समीकरण पुरा भईसकेको छ । सेमिफाइनल समीकरण पूरा हुँदा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन जस्ता ठुला राष्ट्रहरु बाहिरिएका छन् ।
यो पटकको विश्वकपमा युरोपको टिमले मात्र सेमिफाइनलको यात्रा तय गरेका छन् । यो पटक फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसियाले अन्तिम चारमा स्थान पक्का गरेका छन् । यस्तोमा यो पटकको विश्वकप युरोप मै रहने पक्का भएको छ । अहिले विश्वकप कुन राष्ट्रले जित्छ ? जस्ता अनुमानहरु बाहिर आउन थालेको छ ।
रुस विश्वकपको सेमिफाइनल अघि खेलपाटी डटकमले नेपाली राष्ट्रिय टोलीका सदस्य बिक्रम लामालाई प्रश्न गरेको थियो, विश्वकप कुन राष्ट्रले जित्छ र सेमिफाइनलमा कुन टोली सफल हुन्छ ? खेलपाटी डटकमका संवाददाता रमेश सुवेदीसंग कुरा गर्दै लामाले रुस विश्वकपको उपाधि फ्रान्स र बेल्जियममध्ये एक टोलीले जित्ने बताए ।
मिडफिल्डर लामाको नजरमा विश्वकप फुटबलको फाइनल, उनकै शब्दमा -
फ्रान्स र बेल्जियमको सम्भावना एकदमै धेरै देखिन्छ । तर, यहिँ टोलीले जित्छ भनेर भन्ने अवस्था छैन । किनकी क्रोएसिया पनि राम्रो सम्भावना छ । ङ्ल्याण्डले भन्दा राम्रो पाएको मौका सदुपयोग गर्न सक्ने भएकोले क्रोएसियाको सम्भावना बढि देख्छु
प्राविधिक र शारीरिक रुपमा हेर्ने हो भने दुवै टिम उत्तिकै बलियो देखिन्छ । प्रदर्शनलाई आधार मान्ने हो भने पनि दुवै टोली अब्बल देखिन्छन् । अझै पनि यहीँ टिमले जित्छ भनेर भन्न सक्दिन तरपनि खेलको स्पिड हेर्दा बेल्जियमले फ्रान्सलाई गाह्रो बनाउला कि भन्नेछ ।
फ्रान्स र बेल्जियमबीचको खेलको अनुमान गर्न मलाई मात्र हैन जो कोहीलाई पनि गाह्रो पर्छ । सायद, टिम स्प्रिट हेर्दा बेल्जियमले ९० मिनेट भित्र गोल गर्ला कि भन्ने हो । ब्राजिलविरुद्धकै खेल हेर्ने हो भने बेल्जियमका केभिन डि ब्रुयन एकदमै उत्कृष्ट लयमा छन् । इडेन हाजार्ड पनि आफ्नै ठाउँमा उत्कृष्ट देखिएको छ । त्यसैले अतिरिक्त समयमा भएपनि बेल्जियमले १–० को स्कोरमा जित हासिल गर्छ ।
क्रोएसियाले जसरी चमत्कारी खेल खेलिरहेको छ । त्यसको आधार हेर्दा इंग्ल्यान्ड भन्दा क्रोएसिया अलि बलियो देखेको छु । इभान राकिटिक, लुका मोड्रिक जस्ता खेलाडी राम्रो गरिरहेका छन् र मोड्रिकले आफ्नो टिमको मिडफिल्डर लाईन बलियो बनाएर खेलिरहेका छन् । मोड्रिकले पक्कै पनि सेमिफाइनलमा पनि राम्रो खेल्छन् ।
क्रोएसियासंग पाएको मौकाको सदुपयोग गर्न सक्ने खुबी छ । मिडफिल्डमा होल्ड गर्न सक्ने खेलाडी रहेको कारण खेल जित्न सक्ने खुबी क्रोएसियामा देखेको छु । ङ्ल्याण्ड पनि राम्रो छ । त्यसैले खेल यसले जित्छ भनिहाल्ने अवस्था छैन । तर, क्रोएसियाले १–० ले खेल जित्छ भन्ने अनुमान मेरो छ ।