एजेन्सी । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालीचले विश्वकप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डका मुख्य खेलाडी ह्यारी केनलाई रोक्न सफल हुने बताएका छन् । डालीचले अर्जेन्टिनाका लियोनल मेस्सीलाई रोक्न सफल भईसकेकोले केनलाई रोक्न कठिन नहुने बताएका हुन् ।
आयोजक रुसलाई पेनाल्टी सुटआउटमा ४-३ हराउदै सेमिफाइनलमा पुगेको क्रोएसियाले बुधबार राति इंग्ल्यान्डसंग खेल्दैछ । यस्तै इंग्ल्यान्डले स्विडेनलाई २ – ० ले हराएको थियो ।
इंग्ल्यान्डसंगको खेलअघि प्रशिक्षक डालीचले भनेका छन्, 'केन सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनलाई सजिलै रोक्न सकिन्न । तर, हामीसंग उत्कृष्ट सेन्टर ब्याक डिफेन्डर छन् । हामीले मेस्सीलाई रोक्न सफल भयौं, क्रिष्टियन एरिक्सनलाई रोक्न सक्यौं । त्यसैले मलाई आशा छ केनलाई रोक्न सक्छौं ।'
रुस विश्वकपमा निकै क्रोएसियाले निकै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । क्रोएसियाले समूह चरणमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई ३ – ० ले हराएको थियो । यस्तै क्रोएसियालाई अन्तिम १६ मा एरिक्सनको टिम डेनमार्क पेनाल्टी सुटआउटमा हराएको थियो ।
यस्तै प्रशिक्षक डालीचले इन्ग्लिश टोलीमा केन र रहिम स्ट्रलिङ खतरनाक खेलाडी भएको बताए । तर, इन्ग्लिश टोलीसंग खासै डर नरहेको बताए । उनले इंग्ल्यान्डसंगको खेलमा आफुहरु गल्ती नगर्ने समेत बताए । 'हामी हाम्रो क्षमतामा विश्वास गर्छौं । इंग्ल्यान्डसंग हामीलाई डर छैन,' प्रशिक्षक डालीचले भने ।