काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राईलाई नियुक्त गरेको छ ।
खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई बिहिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि आषाढ ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा राईलाई नियुक्त गरेको राखेप सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
२०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङबाट राखेपको सेवा प्रवेश गरेका राई २०६३ सालमा द्वितीय श्रेणीको रुपमा बरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नती भएका थिए ।
यस्तै काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण विभाग प्रमुखमा कार्यरत रहेको अवस्थामा राईलाई तत्कालिन सदस्य सचिव युवराज लामाको समयमा २०७२ सालमा तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकमा पदोन्नती गरिएको थियो ।
२०७४ साल देखि राई नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत रहेका थिए ।