काठमाडौं । विश्वभर छरिएर रहेका फुल कन्ट्याक्ट कराते खेलाडीहरुले युनाईटेड नेप्लीज क्योकुशिन एडभान्समेन्ट नामक संस्थाको स्थापना गरेको छ ।
राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै संस्थाले युनाईटेड नेप्लीज क्योकुसिन एडभान्समेन्ट नामक संस्था स्थापना गरिएको जानकारी गरएको छ । रुपेश डंगोलको अध्यक्षतामा संस्थाको स्थापना गरिएको हो ।
यस्तै उपाध्यक्षमा सुरज श्रेष्ठ, देब कुमार घिमिरे, दिपेन्द्र थापा, रमन सिंह लामा र सुरज कार्की रहेका छन् । संस्थाको कोषाध्यक्षमा इन्द्र सुरज मल्ल र सचिवमा मोहन बिष्ट रहेका छन् ।
कराते खेलको पहिचान, प्रवर्दन र विस्तार गर्ने उदेश्यले गैर नाफामुलक संस्था स्थापना गरिएको उपाध्यक्ष सुरज कार्कीले जानकारी गराए। यस्तै २० लाख बराबरको अक्षयकोष बनाएर खेलाडीहरुको बीमा, सम्मान लगायतको कार्य गरिने पनि संस्थाले जनाएको छ ।
संस्थाले हरेक बर्ष क्योकुशिन कराते तथा फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्ने समेत जनाएको छ । उक्त प्रतियोगितामा महिला र पुरुषको विजेतालाई १ लाख, उपविजेतालाई ६० हजार, तेस्रोलाई ४० हजार र विजेता टिमको प्रशिक्षकलाई १० हजार प्रदान गरिने समेत संस्थाले जनाएको छ ।