काठमाडौं । बक्सिङका प्रशिक्षक तथा ओलम्पियन प्रविन तुलाधर नेपाल ओलम्पियन संघको निमित्त अध्यक्ष बनेका छन् ।
संघको बैठकले हालका उपाध्यक्ष रहेका तुलाधरलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।
अध्यक्ष सुनिलाल जोशीको आकस्मिक निधन भएपछि संघको अध्यक्ष पद रिक्त रहेको थियो ।
संघको दोश्रो उपाध्यक्षमा संगिना वैद्य,महासचिवमा पुष्पराज ओझा र सचिवमा मुकुन्दहरि श्रेष्ठ रहेका छन् ।
यस्तै संघको कोषाध्यक्षमा कृष्णवहादुर बस्नेत र सदस्यहरुमा विमला रानामगर,नयना शाक्य र ऋषिराम प्रधान रहेका छन् ।