एजेन्सी । फिफा विश्वकप फुटबलको अन्तिम क्वाटरफाइनलमा अहिले आयोजक रुस र क्रोएसियाले प्रतिस्पर्धा गरिरहेका छन् ।
फिष्ट ओलम्पिक स्टेडियम जारी खेलको पहिलो हाफ सकिदा रुस र क्रोएसियाले १ - १ गोलको बराबरी खेलेका छन् ।
खेलको ३१ औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । चेरिसेभको यो विश्वकपमा चौथो गोल हो । तर, घरेलु टोलीविरुद्ध १ - ० ले पछि परेको क्रोएसिया खेलमा फर्किदै बराबरी गर्न सफल भएको छ । क्रोएसियाका लागि आन्द्रेज क्रमारीचले ३९ औं मिनेटमा बराबरी गोल फर्काए ।
आज दुवै टोली जित निकाल्ने योजनामा रहेका छन् । बिजेताले सेमिफाइनलमा इंग्ल्यान्डसंग खेल्ने छन् ।
रुसले टाईब्रेकरमा स्पेनलाई स्तब्ध बनाउदै उसले अन्तिम ८ को यात्रा तय गरेको हो । क्रोएसियाले पनि टाईब्रेकरमा डेनमार्कलाई हराउदै अन्तिम ८ मा स्थान बनाएको हो ।