एजेन्सी । फिफा विश्वकप फुटबलको अन्तिम क्वाटरफाइनलमा अहिले आयोजक रुस र क्रोएसियाले प्रतिस्पर्धा गरिरहेका छन् ।
फिष्ट ओलम्पिक स्टेडियम दुवै टोली जित निकाल्ने योजनामा रहेका छन् । बिजेताले सेमिफाइनलमा इंग्ल्यान्डसंग खेल्ने छन् ।
रुसले टाईब्रेकरमा स्पेनलाई स्तब्ध बनाउदै उसले अन्तिम ८ को यात्रा तय गरेको हो । क्रोएसियाले पनि टाईब्रेकरमा डेनमार्कलाई हराउदै अन्तिम ८ मा स्थान बनाएको हो ।