आर्थिक प्रमुखमा पोखरेल
मंगलबार, जेठ २८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारी ऋखिराम पोखरेलले पाएका छन् ।
२०५३ साल आसोज ४ गते राखेपमा सेवा प्रवेश गरेका पोखरेल लामो समयदेखि आर्थिक प्रशासन शाखामै थिए । यसअघिका प्रमुख कपिलमणि पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि आर्थिक प्रशासन शाखाको पद रिक्त थियो ।
दुवैलाई सोमबार एक कार्यक्रमबीच आर्थिक प्रशासन शाखाका कर्मचारीलगायतले बिदाइ र स्वागत गरेका थिए ।









-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





