एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडालले कीर्तिमानी १२ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा आइतबार भएको फाइनलमा अस्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै नाडालले कीर्तिमानी १२ औं पटक उपाधि जितेका हुन् ।
क्ले कोर्टका बादशाह मानिने नाडालले चौंथो वरियताका थिमलाई ६-३,५-७,६-१ र ६-१ को सेटमा हराए ।
दोस्रो वरियताका नाडालले लगातार तेस्रो बर्ष फ्रेन्च ओपन जितेका हुन् । योसंगै नाडाल १२ औं पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् ।
नाडालले यो करियर १८ औं ग्राण्डस्लाम उपाधि समेत हो । जितपछि नाडालले आफ्नो यो सफलताको वर्णन गर्न नसक्ने बताए ।
'यो मेरो सपना थियो । यो सफलताको बयान गर्न सकिरहेको छैन,' नाडालले भने ।
नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए ।
महिला तर्फको उपाधि अष्ट्रेलियाकी एश्ले बार्टीले जितेकी छिन् ।