एजेन्सी । अष्ट्रेलियाकी एश्ले बार्टीले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् ।
शनिबार भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् ।
पेरिसमा भएको फाइनलमा आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६-१ र ६-३ को सेटमा पराजित गरिन् । बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।
योसंगै बार्टी सन् १९७३ पछि फ्रेन्च ओपन जित्ने पहिलो अष्ट्रेलियन महिला खेलाडी बनिन् । २३ बर्षीय बार्टी कुनै समय टेनिस छाडेर क्रिकेट खेलमा लागेकी थिईन् । सन् २०१४ टेनिस छाडेर बार्टी क्रिकेट खेलमा लागेकी थिईन् । तर, त्यसको १७ महिनापछि उनि पुन: टेनिसमा फर्किएकी थिईन् ।
पुरुषतर्फको उपाधिका लागि स्पेनिस राफायल नाडाल र विश्व नम्बर एक नोभाक जोकोभिकबीच प्रतिस्पर्धा हुनेछ ।