जोकोभिच सेमिफाईनलमै स्तब्ध !
आइतबार, २६ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाईनलबाटै बाहिरिएका छन् । डोमिनिक थिएमसंग पराजित हुदै जोकोभिच फ्रेन्च ओपनबाट बाहिरिएका हुन् ।
थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले । शुक्रबार सुरु भएको खेल तीन पटक खराब मौसमका कारण अवरुद्व बनेको थियो ।
चौथो वरियताका थिएमले उपाधिका लागि ११ पटकका च्याम्पियन राफेल नाडालसंग आईतबार प्रतिस्पर्धा गर्नेछन् ।
२५ बर्षका थिएम ग्रान्डस्लाम प्रतियोगिताको फाईनलमा दोस्रो पटक पुग्ने पहिलो अष्ट्रेलियन खेलाडी बनेका छन् ।

'यो मेरा लागि अविश्वसनीय दिन हो ।' थिएमले भने ।
उनले यसअघि विश्व वरियतका शीर्ष खेलाडीलाई पराजित गरेका थिएनन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


