जोकोभिक फ्रेन्च ओपनको अन्तिम चारमा
शुक्रबार, २४ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा बिहिबार भएको क्वाटरफाइनलमा जर्मनीका एलेक्सजेन्डर जेभेरेभलाई पराजित गर्दै जोकोभिक अन्तिम चारमा पुगेका हुन् ।
१५ पटकको ग्राण्डस्लाम च्याम्पियन जोकोभिकले जेभेरेभविरुद्ध ७-५,६-२ र ६-२ को सेटमा जित निकाले । योसंगै जोकोभिक सन् २०१६ पछि पहिलो पटक फ्रेन्च ओपनको सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
अब जोकोभिकले फाइनल प्रवेशका लागि डोमिनिक थिमसंग खेल्ने छन् ।
अष्ट्रियाका थिमले रुसका करेन खाचानोभलाई ६-२,६-४ र ६-२ को सेटमा हराएर सेमिफाइनलमा स्थान बनाएका थिए ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


