मंगलबार, १२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

सागमा कराँतेले सर्वाधिक स्वर्ण जित्नेछ – दावा गुरुङ (अन्तरवार्ता)

बिहिबार, २३ जेठ २०७६गिता राई
सागमा कराँतेले सर्वाधिक स्वर्ण जित्नेछ – दावा गुरुङ (अन्तरवार्ता)
Loading ad...
mustang rice ad

नेपाली खेलकुदमा कराँते खेलको गौरबमय ईतिहास छ । घरेलु खेलमा राजनीतिको सिकार नहुन्जेल अन्तराष्ट्रिय एरिनामा कराँतेले हासिल गरेका सफलता लोभलाग्दो नै छ । दक्षिण एसियाली खेलकुदमा धेरै पदक ल्याउने खेलको रुपमा रहेको कराँते पछिल्लो समय आन्तरिक विवादले थिलोथिलो अवस्थामा पुगेको छ । विवादकै कारण कराँतले पछिल्लो सागमा सफलता जनाउने अवसरनै पाएन ।

स्वार्थ केन्द्रित राजनीति र ब्यक्ति केन्द्रित स्वार्थको दलदलमा विभाजित कराँतेले त्यसबाट उम्कने प्रयास खोजिरहेको छ । यसै साता कराँतेका लागि एक सुखद खबर प्राप्त भयो । ललितपुरको सातदोबाटोमा कराँतेको आफ्नै एकेडेमी भवनको उद्घाटन गरियो । करिब ६ बर्ष अघि सुरु भएको भवन निर्माण केही काम अझै बाँकीनै छन् । तर बुधबार खेलकुद मन्त्री जगत विश्वकर्माले कराँते एकेडेमी भवनको उद्घाटन गरे ।

यसअघिका सदस्य सचिव युवराज लामा आफै कराँतेका खेलाडी थिए । उनले कराँते खेलको ईतिहासमा एक महत्वपुर्ण कामको थालना गरे । बुधबार उद्घाटन भएको एकेडेमी उनै लामाको परिकल्पना थियो ।

कराँतेले अब भने आफ्नै अभ्यास गर्ने मुख्य भवन पाएको छन् । खुल्ला रुपमा अभ्यास र प्रतियोगिता गर्दै आएको कराँतेले आफ्नै एकेडेमी सहितको हल पाएको छ ।

नवनिर्मित भवनले कराँते खेलको विकासमा कस्तो प्रकारको टेवा पुग्छ त ?

यिनै बिषयमा खेलपाटीकर्मी गीता राईले नेपाल कराँते महासंघका सह–अध्यक्ष दावा गुरुङसंग कुराकानी गरेकी छिन् ।

कराँतेको एकेडेमी निर्माण गर्नुको उद्वेश्य के हो, यसको परिकल्पना कसरी भयो ?

यो पूर्व सदस्यसचिव युवराज लामाको परिकल्पना हो । उहाँको योजना आज आएर साकार भएको छ । उहाँले नै यो भवन बनाउन सुरुवात र परिकल्पना गर्नुभएको हो । कराँतेले अन्र्तराष्ट्रिय स्तरमा ईतिहास रच्दै आएको छ । त्यसलाई निरन्तरता दिन र बचाउन एकेडेमी भवन निर्माण गरिएको छ ।

यसको निर्माणमा कसले सहयोग गरेको हो ?

भवनको परिकल्पना कराँते महासंघले गरेको हो । यसको निर्माण राष्ट्रिय खेलकुद परिषद् राखेपले गरेको हो ।

भवनको लागत खर्च कति हो ?

जानकारी अनुसार करिब ८ करोड खर्च भएको छ ।

भवन निर्माणको काम नसकिदै उद्घाटन गरिएको छ, के कारणले होला ?

भवन त बनिसक्यो । अलिकति सुविधाको कमी छ । बाँकी काम चाँडै नै सकिनेछ ।

खेलाडीले अब बर्षभरीनै प्रशिक्षण गर्न सक्छन त ?

सहज रुपमा खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न मिल्ने वातावरण बनेको छ ।

 कराँतेको आफ्नै भवन बनेको छ । कराते खेलको विकासमा कत्तिको सहयोग पुग्ला ?

यो भवन निर्माणले कराँते खेलको विकासमा ठुलो टेवा पुग्छ । अब प्राकृतिक रुपमा अवरोधको सामना गर्न पर्दैन । अन्तराष्ट्रिय स्तरमा कराँतले लिएको लक्ष्य हासिल गर्न सहज हुनेछ ।

भवनको निर्माणपछि खेलाडीलाई के–कस्तो सुविधा हुन्छ ?

भवनमा होस्टेल पनि भएका कारण खेलाडीलाई बाहिर बस्नुपर्दैन । क्याम्पमा बस्ने खेलाडी एउटा कोठामा ४ जना बस्न सक्छन् । यहाँ हरेक चिजको सुविधा छ । खानाका लागि मात्र बाहिर जाने हो । चाँडै त्यसको व्यवस्था गर्नेछौ । राष्ट्रिय टिम र राष्ट्रिय क्याम्पमा बस्नेले होस्टेलमा निशुल्क बस्न पाउनेछन् । राष्ट्रिय टिमको क्याम्पमा नरहने खेलाडीले न्युन शुल्क तिरेर बस्न पाउनेछन् ।

दक्षिण एसियाली खेलकुदमा कराँते धेरै पदक ल्याउने खेलमा पर्छ । भवनको निर्माणसँगै अब नेपालमा हुने साफमा कराँतेबाट कति पदकको आशा गर्न सकिन्छ ?

पहिला १६ इभेन्ट थियो, अहिले १९ इभेन्ट छ । पहिले हामीले १६ वटा इभेन्टमा १४ वटा स्वर्ण, एउटा रजत, एउटा कास्य ल्याएका थियौ । मलाई विश्वास छ, यसपटक १९ वटा इभेन्टमा कम्तिमा १७ वटा स्वर्ण हामीले ल्याउने छौ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

छैटौं खेलमा पनि हार्‍यो नेपाल

छैटौं खेलमा पनि हार्‍यो नेपाल

टाइगरको यात्रा अब फुटबलतिर

टाइगरको यात्रा अब फुटबलतिर

पिर्लोको सपनामा ब्रेक

पिर्लोको सपनामा ब्रेक

पाँचौं स्थानका लागि खेल्दै नेपाल

पाँचौं स्थानका लागि खेल्दै नेपाल

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप