काठमाडौं । नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको अध्यक्षमा हरि धरेल निर्वाचित भएका छन् ।
बुधबार भएको एसोसिएसनको पाचौँ साधारणसभा तथा निर्वाचनले चार बर्षे कार्यकालको लागि अध्यक्षमा धरेललाई निर्वाचित गरेको हो ।
यस्तै उपाध्यक्षमा सुनार गुरुङ, समपन्न याकथुम्बा र प्रेम नारायण अधिकारी निर्वाचित भएका छन् । महासचिवमा मेघराज पौड्याल, सचिवमा ठाकुर न्यौपाने र कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल चुनिएका छन् ।
एसोसिएसनको सदस्यमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कंडेल, हरेराम खड्का र तुल्सिङ गुरुङ रहेका छन् ।
शाहसिक तथा पर्यटकीय खेल प्रवर्धन गर्ने मुल नाराका साथ स्थापित नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन बिगत ९ वर्ष देखि नेपाली खेलकुदको क्षेत्रमा क्रियाशील रहदै आएको छ ।