एजेन्सी । फिफा अध्यक्षमा जियानी ईन्फान्टिनो पुन निर्वाचित भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
४९ बर्षका स्विस–ईटालियन र्ईन्फान्टिनोले सन् २०२३ सम्म फिफाको नेतृत्व गर्नेछन् । फ्रान्सको पेरिसमा बसेको फिफाको बार्षिक साधारण सभाले उनलाई सर्वसम्मत रुपमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो ।
सेप ब्लाटरपछि फिफा नेतृत्वमा आएका उनीले सन् २०२६ को विश्वकपमा टिम संख्या परिवर्तन र क्लब विश्वकपको ढाँचामा व्यापक फेरबदल गरेका छन् ।
सन् २०१५ मा भएको भ्रष्टाचारको काण्डमा तत्कालिन अध्यक्ष ब्लाटर १७ बर्षको निलम्बनमा परेपछि फिफा नेतृत्वमा ईन्फान्टिनो आएका थिए ।
ईन्फान्टिनोको निर्वाचन अगाडी फिफाले एक नियम परिवर्तन गरेको थियो । निर्वाचनमा एक मात्र उम्मेवारी रहेको खण्डमा फिफाका २ सय ११ राष्ट्रले भोट गर्न नपर्ने नियम बनाएको थियो ।
युईएफएका पुर्व महासचिव समेत रहेको ईन्फान्टिनोले सन् २०२६ को विश्वकपबाट सहभागी देशको संख्या बढार ३२ टिम ४८ पु¥याएका छन् । सो प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
यस्तै फिफाले सन् २०२१ बट क्लब विश्वकपमा २४ टिम खेलाउने निर्णयलाई अनुमोदन गरेको छ । यद्वपी युरोपको ठुला क्लबले प्रतियोगिता बहिष्कार गर्ने जनाएका छन् ।